• Home »
  • Home »
  • उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथ संग भेट

उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथ संग भेट

 २०७५.९. ९  नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको १९ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डल जसमा सिद्धार्थ उद्योग  बाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपाने ज्यु समेतको सहभागिता रहेको टोलि ले भारतको उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथ संग भेट गरि नेपाल र उत्तरप्रदेश बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण, पर्यटन प्रवद्र्धनमा लगायत संघ को तर्फ बाट सुनौली नाकामा हुने गरेको कृतिम जाम समाधान , आनन्द नगर फरेंदा – भैरहवा अन्तरदेशिय बिधुत प्रसारण बिस्तार ,  सेज़ सम्म रेल सेवा विस्तार  लगायत का बिषयमा लिखित सुजाब सहित छलफल संम्पन्न गरियको थियो  छलफल को क्रममा नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नती र भन्सार नाकामा भइरहेको ढिलाई कम गर्न आफ्नो सरकारले कामथालेको  उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथले बताउनु भयको थियो . सोमबार साँझ मुख्यमन्त्रीको कार्यालय लखनउमा भएको भेटमा उनले भने, ‘भैरहवा, नेपालगञ्जदेखि पश्चिम गौरीफन्टासम्म म आफै पुगेर त्यहाँ भइरहेको विकास तथा व्यापार सहजीकरणको काम अनुगमन गर्ने उनको भनाई थियो।