• Home »
  • Home »
  • ६० औं वार्षिक साधारण सभा सम्पन्न

६० औं वार्षिक साधारण सभा सम्पन्न

२०७५ फाल्गुन ११ गते शनिवार सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीमा संघको ६० औं वार्षिक साधारण सभा सम्पन्न भएको थियो । संघका अध्यक्ष कुल प्रसाद न्यौपानेकोे अध्यक्षतामा एवं रुपन्देही क्षेत्र नं. ३ का  प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेको प्रमुख आतिथ्यतामा उक्त साधारण सभा सम्पन्न भएको थियो ।        अध्यक्ष कुल प्रसाद न्यौपानेले उक्त सभामा उपस्थिती प्रमुख अतिथी, अतिथी लगायत सम्र्पूणलाई स्वागत गर्दै स्थानिय तहसंगको सहकार्यमा विकास निर्माणका कामहरु समयमै सम्पन्न गर्न आफुहरुले पहलकदमी गर्दै आएको बताउदै व्यवसायीका समस्या तत्काल सम्बोधन गर्न सरकार समक्ष माग गर्न भयो । उद्योगी व्यवसायी समस्यै समस्यामा छन् , राज्यले हाम्रा माग तुरुन्तै पुरा गर्नुपर्छ वहाँले भन्नुभयो । वि.स. २०११ सालमा स्थापना भएको संघलाई यँहासम्म ल्याउन सहगोग गर्नु हुने सबै धन्यवादको पात्र भएको बताउनु भयो ।
नेपाल  उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधी तिवारीले नीजि क्षेत्रलाई वाईपास गरेर सरकार अगाडि बढ्ने कोसिस गरिरहेको बताए । चर्को व्याजदरले उद्योग व्यवसाय संचालन गर्न कठिन भएको छ , सरकारले वेवास्ता गर्दै आएको छ वहाँले भन्नु भयो ।  संघका पूर्व अध्यक्ष तथा सल्लाहकार महेन्द्र कुमार श्रेष्ठले सबैभन्दा महत्वपूर्ण सिद्र्धाथनगर नगरपालिका रहेकाले सबै मिलेर यहाँको विकास गर्नु पर्ने बताउदै त्यसको लागि लगानी मैत्री वातावरण बनाउन जरुरी रहेको बताउनु भयो ।  त्यस्तै परासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले निजी क्षेत्रलाई स्थापित गर्ने नाममा विस्थापित गरिएको आरोप लगाउनु भयो । उद्योगी व्यवसायी चर्को व्याजदर र दोहरो करको मारमा छन् तर राज्यले कुनै निकास दिन सकेको छैन् । यस तर्फ ध्यान दिनु पर्ने बताउनु भयो ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख हरी प्रसाद अधिकारीले राजनीतिक क्रान्ति सकिएकोले अब आर्थिक समृद्धी तर्फ लाग्नु पर्ने बताउनु भयो । वँहाले यस सिद्धार्थनगरलाई बुद्धमय बनाउन आफु लागि परेको  र यसको लागि सबैलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो ।
वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले उद्योगी व्यवसायीको समस्या समाधानका लागि दुई तिहाई बहुमतको सरकार  केन्द्रित हुनु पर्ने बताउनु भयो । राष्ट्रका मेरुदण्ड उद्योगी व्यवसायी हुन् । उनीहरुका माग सरकारले सम्बोधन गर्नु पर्छ वँहाले भन्नु भएको थियो । हरेक दृष्टिकोणले सम्पन्न रुपन्देहीलाई नै प्रदेश राजधानी बनाउनु पर्ने वँहाले माग गर्नुभयो । वँहाले आफु पनि यस क्षेत्रको विकासका लागि निरन्तर लागिरहेको र प्रदेश सभामा पनि पटक पटक आवाज उठाउदै आईरहेको बताउनु भयो ।
सामाजिक उत्तरदायित्व बहन ः

संघ आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै यस क्षेत्रका यस नगरका सामुदायिक विद्यालयका तर्फबाट २०७४ सालको एस.ई.ई परिक्षामा  उत्कृष्ट नतिजा ल्याउन सफल रुपन्देही लिलाराम न्यौपाने उच्च मा.वि. भैरहवाका छात्र तर्फ प्रदिप कुमार गुप्ता, ( ३.६० जिपिए ) र सुनिल पौडेल ( ३.६० जिपिए ) र छात्रा तर्फ ( ३.६० जिपिए ) ल्याउने रोजी चौधरीलाई पनि संघले सम्मान गरेको थियो । त्यस्तै लामो समयदेखि  पत्रकारिता मार्फत राष्ट्रलाई ठूलो योगदान पुर्याउनु भएका गौतमबुद्ध दैनिकका सह सम्पादक रविन्द्र प्रसाद गुप्ता र कारोबार दैनिक, रुपन्देहीका संवाददाता एवं न्यूज ओके साप्ताहिकका  सम्पादक मनोरन्जन शर्मालाई सम्मान गरेको थियो । यसै गरी महिला समाजिक अभियन्ता रुपमाया पुनलाई रुद्रविलास अक्षयकोष सम्मान प्रदान गरिएको थियो । गरेको थियो ।

संघका सदस्य फर्मलाई सम्मान

संघले आफ्ना सदस्य फर्महरु मध्येबाट संघको सबै भन्दा पुरानो र हाल सम्म पनि निरन्तर रुपमा नविकरण हुदै आएका फर्महरुलाई सम्मान गरेको थियो । जसमध्ये वाणिज्य तर्फका आदित्य स्टोर्स का संचालकआदित्य नारायण कशौधन,  उद्योग तर्फबाट जैसवाल मोर्डन दाल मिलका संचालक विन्ध्याचल जैसवाल र एशोशियट तर्फबाट एभरेष्ट रोलिङ ईण्डष्ट्रिज प्रा.लि.का संचालक नन्दलाल गोयन्का लाई सम्मान गरेको थियो ।

त्यस्तै संघले आर्थिक वर्ष २०७४/७५ मा  आफ्नो औद्योगिक उत्पादनलाई भारत लगायत तेस्रो मुलुक तर्पm अत्याधिक परिमाणमा निर्यात गरि संघलाई पुर्याउनु भएको अमूल्य योगदानको उच्च मूल्याङ्कन गर्दैै  तेस्रो मुलुक तर्फ निर्यात गर्ने सदस्य फर्म श्री मनोज मोर्डन फुड्स एण्ड जनरल ईण्डष्ट्रिज मणिग्राम, रुपन्देहीका संचालक श्रीचन्द्र गोयन्का साथै भारत तर्फ बढी मात्रामा निर्यात गर्ने सदस्य फर्म श्री जगदम्बा स्पिनीङ्ग मिल प्रा.लि.कम्हरिया – ४, रुपन्देहीका वीरेन्द्र चौरसियालाई पनि सम्मान गरेको थियो ।
संघका कर्मचारीहरुलाई सम्मान  ः सोही अवसरमा संघमा विगत २० वर्ष भन्दा पनि लामो समयदेखि अनवरत रुपमा संघलाई सेवा पुर्याउदै आईरहनु भएका संघका कार्यकारी उपसचिव खगेन्द्र शर्मा, कार्यालय सहयोगीहरु मीना शर्मा र सिताराम मालीलाई पनि सम्मान गरेको थियो ।       कार्यक्रममा महासचिव  नेत्र प्रसाद आचार्यले ५९औं वार्षिक साधारण सभा पश्चात भए गरेका गतिविधीहरुलाई समेटी तयार पारिएको वाषर््िाक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै कोषाध्यक्ष दिलिप कुमार कान्दुले आ.व. २०७४/७५ को लेखा परक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।