• Home »
  • Home »
  • स्वदेशी उद्योगको प्रोत्साहन गर्न माग

स्वदेशी उद्योगको प्रोत्साहन गर्न माग

२०७५ चैत्र  १८  गते सोमबार  संघका अध्यक्ष कुल प्रसाद न्यौपानेको अध्यक्षता , अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्य एवं, अर्थमन्त्रालयका पदाधिकारी, भन्सार विभागका महानिर्देशक, आन्तरीक राजश्व विभागका महानिर्देशक , सिद्र्धानगर का नगरप्रमुख नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर  प्रधानको उपस्थितिमा प्रदेश स्तरीय बजेटका लागि  सुझाव संकलन कार्य सम्पन्न भयो ।  अर्थमन्त्रालय  राजश्व परामर्श समितिको आयोजनामा एवंं संघको संयोजनमा भएको छलफल कार्यक्रममा ५ नं. प्रदेश अन्तर्गतका १२ जिल्लामा रहेक ३४ जिल्ला नगर उद्योग वाणिज्य संघ ए्वं अन्य  व्यवसायिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि र आर्थिक क्षेत्रमा संलग्न व्यक्तिहरूले लिखित तथा मौखिक सुझावहरू दिएका थिए । तीन तहका सरकारहरूबाट संकलन हुने करमा दोहरोपन आउन नहुने, भन्सार नाकाहरूलाई व्यवस्थित गर्नुपर्ने , लगानीको लागि आवश्यक वातावरण निर्माण गर्न आगामी संघीय बजेटले विशेष ध्यान दिनु पने ,सन्दर्भ पुस्तिका खारेज गर्नुपर्ने, बैंकहरूको व्याज बृद्धिदर एक अंक रहनुपर्ने ,  भन्सार कार्यालयहरूको स्तरबृद्धी र विकास निर्माणका सम्बन्धमा सुझाव दिइएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारीले प्रदेश नंं ५ अन्तर्गतका समग्र जिल्ला नगर उद्योग वाणिज्य संघहरूको प्रतिनिधित्व गर्दै आगामी आ.व. २०७६÷०७७ को बजेटमा समावेश गर्नुपर्ने सुझावहरू पेश गर्नु भएको थियो भने रूपन्देही उद्योग संघ, नेपाल रोडाढुङ्गा उद्योग व्यवसायी संघ, इटा व्यवसायी संघ, मदिरा व्यवसायी संघ लगायत संस्थाहले संस्थागत सुझाव पेश गरेको उक्त कार्यममा नेपाल नेपाल उद्योग वािणज्य महासंघका उपाध्यक्ष किसोर प्रधानले आगामी बजेट निजी क्षेत्र मैत्रि हुनेमा विश्वास लिएको बताएका थिए । व्यवसायीहरुको जिज्ञासा समाधान गर्ने क्रममा माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले  मुलुकको आर्थिक समृद्धी र सुशासनका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढन र लगानीको बातावरण बनाउन प्रतिवद्ध रहेको स्पष्ट पार्नु भयो । वहाँले व्यवसायीलाई पारदर्शिता अपनाउन आग्रह , दोहोरो कर कानुन क्रमस हटाउदै लैजाने, व्यक्तिगत हित भन्दा राष्ट्रिय हितलाई ध्याना दिएर कार्य गरेमा सुखी नेपाली समृद्ध नेपालको नारा साकार हुने वताएका थिए । उक्त कार्यक्रमा संघका अध्यक्षज्यूले संघले तयार गरेको कर, भन्सार, राजश्व सम्बन्धित समस्याहरु  एवं भैरहवाको विकासको लागि गर्नुपर्ने पूर्वाधार विकासका बुँदाहरु समेटीएको मागपत्र अर्थ मन्त्री समक्ष पेश गर्नु भएको थियो । सो पूर्व बजेट छलफलमा ५ नं. प्रदेश अन्तर्गतका जिल्ला÷नगर उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी,  विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरू, उद्योगी व्यवसायी, संघका पूर्व अध्यक्ष एवं सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य, संचारकर्मी एवं सरोकारवालाहरूको उपस्थिती रहेको थियो ।