• Home »
  • Home »
  • प्रमुख जिल्ला अधिकारीलाई स्वागत

प्रमुख जिल्ला अधिकारीलाई स्वागत

२०७६ जेष्ठ ३० गते संघमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी श्री अर्जुन प्रसाद पोखरेलज्यू स्वागत गरियो ।   संघका अध्यक्ष श्री कुल प्रसाद न्यौपानेको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा अध्यक्षज्यूबाट प्रमुख जिल्ला अधिकारीलाई स्वागत गर्दै यस क्षेत्रका समस्याहरूको बारेमा जानकारी गराउँदै देशको प्रमुख औद्योगिक साथै धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा  रहेको यस जिल्ल्लाको  यस क्षेत्रका उद्योगी व्यवसायीहरू र लुम्बिनीमा आउने पर्यटकहरूलाई शान्ति सुरक्षाको प्रत्याभूति दिन आग्रह गर्नु भएको थियो भने संघको नेत्तृत्वमा अगाडी बढाईएको CCTV क्यामेरा जडान कार्यलाई छिटो सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारीको महत्वपूर्ण भूमिका हुने बताउनु भएको थियो ।
कार्यक्रमको खुला छलफलमा उद्योगी व्यवसायीहरूले रूपन्देही जिल्ला विशेष गरेर भैरहवा र वरपरका क्षेत्रहरूमा आफूले भोग्नु परेका समस्याहरूको बारेमा जानकारी गराएका थिए । खुला सिमानाका कारणले चोरी, तस्करी देखि ट्राफिक समस्या, लागु औषध समस्याका बारेमा प्रजिअको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा
प्रजिअ अर्जुन प्रसाद पोखरेलले जिल्लास्तरबाट समाधान गर्न सकिने  समस्याहरू प्राथमिकताको आधारमा समाधान गर्दै जाने र केन्द्रिय स्तरबाट समाधान हुने समस्याको निराकरण गर्न आफुले सक्दो  पहल गर्ने जानकारी गराउनु भएको थियो । रूपन्देही जिल्लाका उद्योगी व्यवसायीहरूलाई शान्ती, सुरक्षाको प्रत्याभूति दिनु आफ्नो पहिलो दायित्व रहेको कुरा बताउदै खुला सिमाना भएकोले यहाँबाट हुने गैर कानूनी कृयाकलापहरू, लागु औषधको प्रयागको नियन्त्रण साथैै अन्तराष्ट्रिय विमान स्थलको संचालन र भैरहवा –लुम्बिनी सडक खण्डको निर्माण आफ्नो प्राथमिकतामा परेको बताउनु भयो । रूपन्देही जिल्लाको विकासको लागि आफुले निजी क्षेत्र एवं सम्बन्धित निकायहरू संग छलफल एवं सहकार्य गरी अगाडि बढ्ने बताउनु भयो ।
संघका महासचिव नेत्रप्रसाद आचार्यको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा संघका निर्वतमान अध्यक्ष  पूर्व अध्यक्ष एवं सल्लाहकार, नेउवा महासंघका कार्यकारिणी सदस्य ,कार्यसमिति सदस्यज्यूहरू, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधहरु लगायत विभिन्न संघ संस्थाका प्रमुख, उद्योगी व्यवसायी, संचारकर्मीज्यूहरूको  उपस्थिति रहेको थियो ।