• Home »
  • Home »
  • VCTS खारेज हुनुपर्ने माग

VCTS खारेज हुनुपर्ने माग

२०७६ असार ३० गते संघको आयोजना र आन्तरीक राजश्व कार्यालय बुटवलको सहकार्यमा सरकारले श्रावण महिना देखी देशैभर एकै पटक लागु गर्न खोजेको अनलाईन सूचना प्रणालीमा आधारीत ख्ऋत्क्  ख्भअजष्अभि ७ ऋयलकष्नलmभतल त्चबअपष्लन क्थकतझ  बारे संघमा  अन्तरक्रिया कार्यक्रम सम्पन भएको थियो । संघका अध्यक्ष कुलप्रसाद न्यौपानेज्यूको अध्यक्षता तथा महासचिव नेत्रप्रसाद आचार्यको संचालनमा भएको उक्त अन्तरक्रियामा स्वागतको क्रममा यो निएमा एकै पटक लागु गर्न खोज्दा व्यवहारीक नभएकोले संघले पनि तत्कालको लागि खारेजीको माग गरिरहेको जानकारी गराउनु भएको थियो । हाम्रो विरोध एकातिर छ भने  सरकारले ल्याएको यस निएम भबिष्यमा पनि लागु हुन सक्ने भएकोले उद्योगी व्यवसायीलाई नियम बारे जानकारी र कसरी अनलाइनमा भर्ने भन्ने जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वताउनु भएको थियो । उक्र कार्यक्रममा आन्तरीक राजश्व कार्यालयका भैरहवाका अधिकृत सुशिल पनेरुले ख्ऋत्क्  को जानकारी तथा अनलाईन प्रविष्टि वारे आफ्नो प्रस्तुति दिनु भएको थियो । भने छलफलको क्रममा उपस्थित उद्योगी व्यवसायीले यस प्रकारको नियम एकै पटक तयारी र पूर्वाधार विना लागउन खोज्दा उद्योगी व्यवसायीहरु मर्कामा पर्ने र उद्योग व्यवसाय बन्द हुन सक्ने भन्दै सरकार गम्भिर हुनु पने सुझाव दिएका थिए । कार्यक्रममा नेउवा महासंघका कार्यकारिणी सदस्य, उद्योगी ,व्यवसायी, ढुवानी व्यवसायी , विभिन्न वस्तुगत संघहरु , संघका पूर्व अध्यक्ष, सल्लाहाकार, पदाधिकारी, कार्यसमिति सदस्यज्यूहरु एवं संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।