• Home »
  • Home »
  • अव्यवहारिक ऐन नियमहरु संसोधन गर्न माग

अव्यवहारिक ऐन नियमहरु संसोधन गर्न माग

२०७६ श्रावण र ७ गते सिद्धार्थ उद्योग वाणिज्य संघमा सार्वजनिक लेखा समित प्रतिनिधि सभाका सभापति एवं पूर्व मन्त्री माननीय भरत कुमार शाहज्यूलाई संघका स्वागत छलफल कार्यक्रमको आयोजना गरियो । संघका अध्यक्ष कुलप्रसाद न्यौपानेज्यूको अध्यक्षता तथा स्वागतमा सम्पन्न भएको कार्यक्रममा सरकारबाट  श्रावण १ गते देखि लागु गरेका VCTS  योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, लगायत ढुवानीमा भ्याट , अनिवाय प्यान लागयका ऐन नियमहरु एकै पटक लागु गरेर जाँदा उद्योगी व्यवसायीहरु समस्यामा परेका तथा  अव्यवहारिक भएकोले संघले उठाएका बुँदाहरुमा संसद एवं सम्बिन्धीत निकाएमा पहलको लागि माननीय समक्ष अनुरोध सहित अध्यक्षज्यूले ज्ञापन पत्र प्रदान बुझाउनु भएको थियो । छलफलको क्रममा उद्योगी व्यवसायीहरुले सरकारले लागु गरेको नियमहरुले उद्योग व्यवसाय बन्द हुने वताएका थिए । सो अवसरमा नेपाली काग्रंस रूपन्देहीका अब्दुल रज्जाकले उद्योगी व्यवसायीका माग प्रति आफ्नो पार्टिको साथ रहेको बताउनु भएको थियो भने प्रमुख अतिति सार्वजनिक लेखा समितिका  सभापति  माननीय भरत कुमार शाहज्यूले उद्योगी व्यवसायीहरुले उठाएका विषय वस्तुहरु समाधान र संसोधनको लागि आफुले सम्बन्धित मन्त्रालय तथा संसदमा कुरा उठाउने तथा सम्बन्धित पक्षलाई सार्वजनिक लेखा समितमा बोलालयर जानकारी लिने  प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । महासचिव नेत्रप्रसद आचार्यज्यूको संचालनमा सम्पन कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं सल्लाहाकार, नेउवा महासंघका केन्द्रिय सदस्य , पधाधिकारी एवं कार्यसमिति सदस्यज्यूहरु लागायत उद्योगी व्यवसायी , संचारकर्मिज्यूहरुको उपस्थिति रहेको थियो ।