• Home »
  • Home »
  • वृक्षारोपण कार्यक्रम

वृक्षारोपण कार्यक्रम

मिति २०७६ श्रावण ११ गते संघका अध्यक्ष कुलप्रसाद न्यौपानेज्यूको अध्यक्षता, प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख श्री हरिप्रसाद अधिकारी, प्रदेश ५ का प्रदेश सदस्य माननीय सन्तोष पाण्डेको उपस्थितिमा  संघ , सिद्धार्थनगर नगरपालिका  तथा शहरी विकास आयोजनाको सहकार्य तथा गल्लामण्डी स्थित विभिन्न समाजिक धार्मिक सघं संस्थाहरु कान्दु वैश्य सेवा समाज, जयसवाल सेवा समिति, श्री रामजानकी हनुमान मन्दिर, आमा समाज, यएरपोर्ट  कल्याणकारी महिला समुह को सहयोगमा गल्लामण्डी पुरानोसुगरमील देखि  एयरपोर्ट सम्म दुुबै तर्फ वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमा उपस्थित सबैलाई स्वागत गर्दै गौतम बुद्ध विमान स्थल संचालन पछि एयरपोर्ट आउने जाने मुख्य सडक खण्ड भएकोले यसलाई हरियाली तथा सुन्दर बनाउने संघको उद्देश्य अनुसार सबैको सहयोगमा वृक्षारोपण गरिएको विचार व्यक्त गर्नु भएको थियो । भने प्रमुख अतिथि नगर प्रमुखले वृक्षारोपण सहित स्थानीयले यसको संरक्षणमा विषेश ध्यान दिनुपर्ने बताउनु भएको थियो । उक्त वृक्षारोपण कार्यक्रममा संघका पूर्व अध्यक्ष, सल्लाहाकार, पदाधिकारी, कार्यसमिति सदस्यज्यूहरु, शहरी विकास आयोजनाका प्रतिनिधिहरु लगायत स्थानीय व्यक्तीहरुको व्यापक सहभागिता रहेको थियो।