• Home »
  • Home »
  • महासंघका पदाधिकारीहरुसंग छलफल

महासंघका पदाधिकारीहरुसंग छलफल

 भैरहवा भदौ ३ गते सिद्धार्थ उद्योग वाणिज्य संघको सचिवालयमा  नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष श्री भावनी राणाज्यू  एवं महासंघका पदाधिकारीज्यूहरुको  टोली लाई सिद्धार्थ उद्योग वाणिज्य संघका स्वागत गरियो । स्वागत सहितको छलफल कार्यक्रमा वर्तमानमा सरकारबाट लगाइएको ख्ऋत्क् , अनिवार्य प्यान, ढुवानीमा भ्याट , चर्को ब्याजदर , सामाजिक सुरक्षा ऐनमा भएका अब्यवहारीक नियमले उद्योग व्यवसाय संचालनमा कठीनाई भएको साथै साना तथा मझौला उद्योग व्यवसायीहरुलाई एकदमै अप्ठ्यारो देखिएकोले त्यस्ता समस्या समाधाको लागि महासंघ गम्भिीर भएर लाग्नु पर्ने अध्यक्ष कुलप्रसाद न्यौपानेज्यूले बताउनु भएको थियो ।  छलफलको क्रममा महासंघकी अध्यक्षज्यूले यस बिषयमा महासंघ गम्भिर भएको तथा सरकार र सरोकारवाला मन्त्रालय विभागमा निरन्तर दवाव र छलफल भईरहेको विचार ब्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान, नेउवामहसंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी   लगायत संघका पूर्व अध्यक्ष, सल्लाहाकार एवं पदाधिकारीज्यूहरुको उपस्थिती रहेको थियो ।