• Home »
  • Home »
  • पदस्थापन समारोह सम्पन्न

पदस्थापन समारोह सम्पन्न

२०७७ चैत्र १३ गते शुक्रवार सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीमा नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिज्यूहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको थियो । संघका अध्यक्ष कुलप्रसादन न्यौपानेको अध्यक्षतामा एवं पूर्व रक्षा मन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय बालकृण्ण खाँडज्यूको प्रमुख आतिथ्य तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालज्यूको विशिष्ठ आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्षज्यूले सभामा उपस्थित सबैलाई स्वागत तथा अभिवादन गर्दै आफ्नो तीन वर्षे कार्यकालमा निरन्तर सहयोग एवं सद्भावको लागि कार्यसमिति सदस्यहरू, पूर्व अध्यक्ष, सल्लाहकार, कर्मचारी एवं विभिन्न संघ सरकारी संघ संस्थाका प्रमुखहरूलाई धन्यावाद ज्ञापन गर्दै मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा प्रमुख अतिििथ बालकृष्ण खाँडज्यूले नवनिर्वाचित कार्यसमितिलाई वधाई तथा शुभकामना व्यक्त गर्दै मुलुकको विकासका लागि आर्थिक तथा औद्योगिक विकास हुनु जरूरी छ भन्ने कुरालाई राजनीतिक दलहरूले पछिल्लो समय आत्मसात गरेको धारणा व्यक्त गर्नु भएको थियो । अब देशमा आर्थिक समृद्धीको खाँचो भएको हुँदा सवैले त्यस तर्फ ध्यान दिनु पर्ने सुझाव दिनु भएको थियो । कार्यक्रममा विशिष्ट नेपाल उद्योग वाणिज्य महासंघ का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालज्यू, संविधान सभाका सदस्य द्वय माननीय आदित्य नारायण कसौधान, इश्तियाक अहमद खान, प्रदेश समा सदस्य सन्तोष पाण्डे , नेउवामहासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शमा, परासी उद्योग वाणिज्य संघका अध्यक्ष केशब भण्डारी लगायतले नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गदै आफ्ना भनाईहरू राख्नु भएको थियो ।