• Home »
  • Home »
  • विद्युत समस्या समाधान गर्न ज्ञापन पत्र

विद्युत समस्या समाधान गर्न ज्ञापन पत्र

२०७७ चैत्र २४ गते संघ सचिवालयमा लुम्बिनी कोरीडोरमा अवस्थित उद्योगहरुमा पुगेको New  – 2 /  Old fidder हरुबाट वितरित विद्युत प्रशारण लाईनमा विगत केही समय देखि नियमित बिद्युत आपूर्ति , आवश्यक भोल्टेज उपलब्धता, बिना सूचना ट्रिप्रिङ , विद्युत आउने जाने समयका समस्याका कारणले उद्योग संचालनमा समस्या तथा मिल मेशिनरीमा व्यापक रुपमा नोक्सानी बढीरहेको समस्या समाधानका लागि संघ सचिवालयमा छलफल सम्पन गरियो । संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेज्यूको अध्यक्षमा भएको उक्त छलफलमा उद्यागीहरुको समस्या तत्काल समाधान गरी निर्वाध रुपमा उद्योग संचालनको वातावरणमा सहयोग पु¥याईदिनुहुन अनुरोध गर्नुहुदैँ विद्युत प्राधिकरण भैरहवा वितरण शाखाका प्रमुख जीतेन्द्रकुमार झाज्यूलाई ज्ञापन पत्र बुझाईएको थियो । उद्योगीहरुका समस्या सुनी सके पछि उद्योगीहरु संग समन्वय गरी आफु तत्काल समस्या समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उक्त छलफल कार्यक्रममा संघका पदाधिकारीज्यूहरु तथा सम्बन्धीत उद्योगीहरुको उपस्थिति रहेको थियो ।