• Home »
  • Home »
  • लुम्बिनी क्षेत्रमा कोरोना उपचार व्यवस्थापन सम्बन्धमा छलफल

लुम्बिनी क्षेत्रमा कोरोना उपचार व्यवस्थापन सम्बन्धमा छलफल

२०७८ बैशाख १४ गते सिद्धार्थ उद्योग वाणिज्यको समन्वयमा लुम्बिनी क्षेत्रका आमनागरिक, उद्योगी व्यवसायीहरुलाई कोरोना संक्रमणको उपाचार, अक्सिजन लगायतको व्यवस्थापन सम्बन्धमा आवश्यक पहलको लागि छलफल सम्पन्न गरियो । संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठको अध्यक्षता तथा महासविच बिजय पाण्डेको संचालनमा भएको उक्त छलफलमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भन्ने अवधेष त्रिपाठी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मानमहोन चौधरी, संघका कोषाध्यक्ष, गोविन्द ज्ञवाली, सिटि हस्पिटलका एमडी, लुम्बिनीको सहभागिता रहेको उक्त छलफल पश्चात संघको समन्वयमा लुम्बिनी क्षेत्रको लागि अक्सिजन सिलीण्डरको व्यवस्थापन बिषयमा सम्बन्धित उद्योगीहरुसंग अनुरोध गरिएको थियो ।