• Home »
  • Home »
  • भन्सार एकद्धार प्रणाली बारे अनलाईन तालीम

भन्सार एकद्धार प्रणाली बारे अनलाईन तालीम

मिति २०७८ जेठ २७ गते विहिवार नेपाल सरकार भन्सार विभाग तथा संघको संयुक्त आयोजनामा आगामी आर्थिक बर्ष देखि भन्सार विभागले आयत निर्यात गर्दा अनलाईन प्रयोग गर्ने Nepal National Single  Window System (नेपाल राष्ट्रिय एकद्धार प्रणाली) बारे भैरहवा लगायत यस क्षेत्रका उद्योगी व्यवसायीहरुलाई लक्षित गरी एक दिने जुम मार्फत अनलाईन तालीमको आयोजना सम्पन्न भएको छ । उक्र अनलाईन तालीमको महत्ववारे भन्सार विभागका महानिर्देशक यमलाल भुषालज्यूले प्रकाश पार्नुहुँर्द यस नयाँ प्रणालीले आयात निर्यातकर्ताहरुको समय र लागत कम हुने बताउनु भएको थियो भने भन्सार विभागका अधिकारीहरुले तालिम प्रदान गर्नुभएको थियो । उक्त अनलाईन तालिममा ७० जना आयात निर्यातकर्ताहरु सहभागि भएका थिए ।