• Home »
  • Home »
  • उद्योगी व्यवसायीलाई कोभीड विरुद्धको खोपको माग

उद्योगी व्यवसायीलाई कोभीड विरुद्धको खोपको माग

मिति २०७८ असार १८ गते संघबाट खोभीड विरुद्धको खोपको लागि सार्बजनक अपलि गरेको छ । विद्यमान कोभीड –१९ को दोस्रो भेरियन्टको विषम परिस्थितिमा संक्रमण नियन्त्रणको लागि नेपाल सरकार, जारी गरेको निषेधआज्ञाको समय थप गर्दै जाँदा लगातारको बन्दले र्बैक ब्याज, घरभाडा, कर, विभिन्न सरकारी राजश्व आदि भुक्तानी गर्नुपर्ने दबावका कारण उद्योगी व्यवसायीहरु ज्यादै मर्कामा परेका तथा कोरोनाको नँया नँया भेरियन्ट आउँदै जानु र सक्रमण जटिल हुँदै जाँदा बचावटको लागि निषेधआज्ञा मात्र कोरोना संक्रमण रोकथामको विकल्प हुन नसक्ने भन्दै राज्यको अर्थतन्त्रमा ७० प्रतिशत योगदान दिएका उद्योगी व्यवसायीहरुलाई प्रमुख प्राथमिकतामा राखि खोप व्यवस्थापनको लागि नेपाल सरकार समक्ष जोडदार माग गरेको थियो ।