• Home »
  • Home »
  • ट्राफिक व्यवस्थापन सम्बन्धी छलफल

ट्राफिक व्यवस्थापन सम्बन्धी छलफल

२०७८ असार २५ गते शुक्रवार संघको सचिवालयमा ट्राफिक व्यवस्थापन सम्बन्धी आवश्यक छलफल गरिएको थियो । संघका का.वा. अध्यक्ष ठाकुरकुमार श्रेष्ठज्यूको अध्यक्षतामा , स्थानीय जनप्रतिनिधज्यूहरु तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही प्रमुख दिवस जि.सिज्यूको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भयो ।
छलफलको क्रममा भैरहवा बजार क्षेत्रमा देखिएका विविध ट्राफिक समस्याहरु समाधानका बिषयमा व्यापक छलफल भएको थियो । कार्यक्रमका अध्यक्षज्यूले लुम्बिनी, निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण पछि यो क्षेत्रमा पर्यटकको चाँप अत्याधिक हुने भएकोले यस नगरको सुन्दरीकरण एवं विकासको लागि नगरपालिका भित्रको अव्यवस्थित सवारी पार्किङ्गलाई व्यवस्थापन गरी नगरलाई व्यवस्थित गराउन आवश्यक रहेको बताउनु भएको थियो । छलफलका सबै व्यासायीहरुलाई सहज हुने गरी पार्किङ्गको व्यवस्था तथा नगर भित्रको छाडा चौपाया व्यवस्थापन गरिनुपर्ने बिषयमा छलफल भएको थियो । छलफलको क्रममा ट्राफिख प्रहरी प्रमुखज्यूले सबैको सुझाव र समन्वयको आधारमा आफुहरुले बजार क्षेत्रको ट्राफिक व्यवस्थापन गर्ने बताउनु भएको थियो । संघका महासविच विजय पाण्डेज्यूको संचालन तथा कार्यसमिति सदस्य तथा ट्राफिक व्यवस्थापन समितका संयोजक गौरव श्रेष्ठको संयोजनमा सम्पन्न उक्र कार्यक्रममा वडा नं ५, बडा नं, ८ वडा नं १२ का वडाअध्यक्षज्यूहरुको उप एव भैरहवा बजार क्षेत्रका व्यवसायीहरू एवं सरोकारवालाहरू बिच छलफल गरिएको थियो ।