• Home »
  • Home »
  • आगलागिबाट व्यवसायीलाई परेको असरप्रति दुःख व्यक्त

आगलागिबाट व्यवसायीलाई परेको असरप्रति दुःख व्यक्त

 

२०७८ असार २७ गते सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले’ विज्ञप्तीमा जारि गर्दै शनिबार राती सिद्धार्थनगर–८ नारायणपथस्थित संघका सदस्य फर्म सुन्दर ग्लासमा भएको आगलागिबाट ठूलो मात्रामा क्षति एवं व्यवसायीलाई परेको असरप्रति दुःख व्यक्त गरेको छ । कोरोना महामारीकाबीच भएको उक्त आगलागि नियन्त्रण गर्न रुपन्देहीस्थित सुरक्षा निकायका प्रमुखसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका अधिकृत तथा जवान एवं सिद्धार्थनगर नगरपालिका लगायत सम्पूर्ण स्थानीय तह, छिमेकी जिल्ला एवं नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा, स्थानीय जनप्रतिनिधिप्रति संघले विज्ञप्ती मार्फत आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।
त्यस्तै अव्यवस्थित वायरिङ र कमसल विद्युतीय सामानले हुन सक्ने सम्भावित आगलागिका घटनाबाट आफ्नो उद्योग, व्यवसायलाई हानी नोक्सानीबाट बचाउन औद्योगिक, व्यवसायिक प्रतिष्ठान तथा गोदामहरुमा गुणस्तरीय विद्युतीय सामग्रीहरुको प्रयोग एवं वायरिङमा विशेष ध्यान दिन समेत संघले आग्रह गरेको छ ।