• Home »
  • Home »
  • आगलागीपीडित व्यवसायीलाई संघको सहयोग

आगलागीपीडित व्यवसायीलाई संघको सहयोग

२०७८ असार २८ गते सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आगलागीपीडित व्यवसायीलाई आर्थिक सहयोग गरेको छ । संघले सोमबार सिद्धार्थनगर नगरपालिका–८ नारायणपथस्थित सुन्दर ग्लास हाउसका सञ्चालक सुन्दर अग्रहरीलाई एकलाख प्रदान गरेको थियो । संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठज्युले अग्रहरीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।
चेक हस्तान्तरण पश्चात बोल्दै कार्यवाहक अध्यक्षज्यु ले सदस्य व्यवसायीलाई पर्न गएको पिडामा केही भए पनि राहत होस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको तथा संघले स्थापना गरेको राहत कोषमार्फत व्यवसायको प्रकृति र क्षति हेरेर राहत उपलब्ध गराउँदै आएको बताउनु भएको थियो सो राहत वितरण कार्यकममा संघका पदाधिकारी एबम कार्यसमितिसदस्य ज्यु हरुको उपस्थिति रहेको थियो .