• Home »
  • Home »
  • ट्रंकलाईन विद्युत महसुल समस्या समाधान हुनुपर्ने माग 

ट्रंकलाईन विद्युत महसुल समस्या समाधान हुनुपर्ने माग 

२०७८ श्रावण १३ गते संघ सचिवालयमा बुटवल–भैरहवा कोरिडोरमा सञ्चालित उद्योगहरूलाई विद्युत प्राधिकरणबाट जबरजस्ति रुपमा ट्रक लाईन अनुसारले हुन आउने दरले बिलिङ्ग गरी ठूलो मात्रामा शुल्क निर्धारण गरी विल पठाएको उक्त वृद्धी गरिएको महसुल अनुसार विद्युत प्रयोग गरी उद्योगहरू सञ्चाल नगर्न नसकिने विषयमा समस्या समाधानको लागि छलफल कार्यक्रमको आयोजना गरियो । संघका का.वा अध्यक्ष ठाकुरकुमार श्रेष्ठज्यूकोे अध्यक्षतामा भएको उक्त छलफलमा उद्योगीहरूलृ आफुहरुलाई प्रयोगनै नगरेको विद्युतको महशुल तिर्न वाध्य पारिनु अन्यापूर्ण भएको बताएका थिए । उक्त छलफलको क्रममा रुपन्देहीमा अवस्थि नेपाल विद्युत प्राधिकरण प्रादेशिक प्रमुख मुनेन्द्र ठाकुर, ग्रिडमहाशाखा प्रमुख उमेश झा र भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्रझाज्यूले भैरहवा –बुटवल औद्योगिक कोरिडोरका उद्योगीहरुलाई अन्याय भएको आपूmहरुलाई पनि महसुस भएकोले दुबै पक्ष संगै समन्वय गरेर समस्या समाधानका लागि आफुहरुले सहयोग गर्ने वताएका थिए ।
छलफल पश्चात का.वा अध्यक्षज्यूले उद्योगीहरु मर्कामा परेको तथा अन्याय पूर्ण व्यवहार भएकोले संघबाट निरन्तर मन्त्रालय स्तर सम्म पहल गरिसेको तथा आगामी दिनमा समस्या समधानको लागि पहल गर्न संघ तयार रहेको बताउनु भएको थियो ।उक्त छलफल कार्यक्रममा संघका नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यष कृष्णप्रसाद शर्माज्यू तथा महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठज्यूले उद्योगीहरु लाई समस्या परेकोले छिटो भन्दा छिटो समस्या समाधानको लागि आफुहरुले पनि पहल गर्ने प्रतिवद्धता दिनुभएको थियो । उक्त छलफल कार्यक्रममा संघका पदाधिकारीज्यूहरू, कार्यसमिति सदस्यज्यूहरु तथा सम्बन्धित उद्योगीहरूको उपस्थिति रहेको थियो ।