• Home »
  • Home »
  • सिद्धार्थ उद्योग वाणिज्य संघमा विभिन्न उप समिति बैठक सम्पन्न

सिद्धार्थ उद्योग वाणिज्य संघमा विभिन्न उप समिति बैठक सम्पन्न

मिति २०७८ भदौ १५ गते संघ अन्तर्गतको अटोमोवाईलस तथा सिप विकास उप समितको बैठक समितका संयोजक कार्यसमिति सदस्य हरिबहादुर थापाज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त बैठक तथा छलफलको सहजिकरण महासचिव बिजय पाण्डेज्यूले गर्नु भएको थियो । बैठकमा सहभागि सदस्यहरुले अटो क्षेत्रका समस्या समाधान, वस्तुगत समिति गठन तथा सिपमुलक तालिम प्रदान गर्ने बिषयमा छलफल भएको थियो । उपस्थित सबैलाई धन्यवाद सहित बैठको समापन समितिका संयोजकज्यूले गर्नु भएको थियो । भने सोहि दिन बैैक वित्तीय संस्था तथा विमा उप समितिको बैठक समितिका संयोजक अभिनव मयुर कसौधनज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त बैठकमा संघ र बैंक, विमा तथा वित्तिय संस्थाहरु समन्वय गरी अगाडी बढ्ने तथा सुचनाहरु एक आपसमा प्रवाह गर्ने व्यवस्था मिलाउने बिषयमा छलफल भएको थियो । उपस्थित सबैलाई धन्यवाद सहित बैठको समापन समितिका संयोजकज्यूले गर्नु भएको थियो ।
यसै गरी भदौ १६ गते सिद्धार्थ उद्योग वाणिज्य संघ,रुपन्देही अन्तर्गत रहेका विभिन्न समितिहरु मध्ये आर्थिक बृद्धि तथा श्रोत परिचालन समितको बैठक तथा छलफल समितिका संयोजक तथा कोषाध्यक्ष गोविन्द ज्ञवालीज्यूको अध्यक्षता तथा महासचिव बिजय पाण्डेज्यूको सहजिकरणमा सम्पन्न भयो । उक्त समितिको छलफलमा संघको आर्थिक बृद्धिको लागि सदस्यता बृद्धि तथ नँया दिगो श्रोत लगायत बिषयमा समितिका सदस्यज्यूहरुले दिनुभएको सुझावहरुलाई संघले आगामी दिनमा कार्ययोजना मार्फत अगाडी बढाउने प्रतिवद्धता समितिका संयोजक गोविन्द ज्ञवालीज्यूले बताउनु भएको थियो ।
यसै गरी सोहि दिन संघको आईटी तथा प्रविधि विकास उप समितिको बैठक समितिका संयोजक तथा कार्यसमिति सदस्य प्रमोद रिजालज्यूको अध्यक्षता तथा महासचिव बिजय पाण्डेज्यूको सहजिकरण मा सम्पन्न भएको थियो । उक्त समितिको बैठकमा उप समितिका सदस्यज्यूहरुले आइटी क्षेत्रमा रहेका समस्याहरु अवगत गराउँदै संघले समाधानको लागि पहल गर्नुपर्ने बताउनु भएको थियो । भने विषेश उपस्थितिको रुपमा उपस्थित रहनु भएका अध्यक्षज्यूले छलफलका उठेका बिषय वस्तु लाई संघले पहल गर्ने बताउनु भएको थियो । भने उपस्थित सबैलाई धन्यवाद सहित बैठको समापन समितिका संयोजकज्यूले गर्नु भएको थियो ।