• Home »
  • Home »
  • संघमा उप समितिहरुको बैठक सम्पन्न

संघमा उप समितिहरुको बैठक सम्पन्न

मिति २०७८ भदौ २१ गते संघ अन्तर्गतको महिला उद्यमी विकास उप समितको बैठक समितका संयोजक कार्यसमिति सदस्य पल्लवी न्यौपानेज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा सहभागि उप समितिका महिला उद्यमीहरुले उद्यम गर्दा भोगेका विविध समस्याहरु जस्तै दर्ता नभई संचालन भएका अनलाईन कारोवारहरु, चर्को घरभाडा ,भन्सार नाका कडाइ नहुने, कोरोनाले पारेको प्रभावका कारण सहज रुपमा व्यवसाय गर्न अप्ठ्यारो भएको बिषयहरु समाधान गरिनुपर्ने विचारहरु प्रकट गरिएको थियो । छलफलको समापन गर्दै संयोजक पल्लवी न्यौपानेज्यूले महिला उद्यमीहरुले उठाएका समस्याहरु समाधानका लागि संघ लागि पर्ने विचार सहित उपस्थित सबैमा धन्यवाद सहित बैठकको समापन गर्नुभएको थियो ।

सोहि दिन स्वास्थय, वातावरण तथा सरसफाइ उप समितिको बैठक समितिका संयोजक गोपाल भण्डारीज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा छलफलको क्रममा सिद्धार्थनगर बजार सफा र स्वच्छ बनाउने सम्बन्धमा सदस्यज्यूहरुलाई तालिमको व्यवस्था, जनचेतनामुलक कार्यक्रम आयोजना गर्नुपर्ने , सार्वजनिक सौचालयको व्यवस्थापनको लागि सिद्र्धाथनगर नगरपालिका संग समन्वय गरी अगाडी बढ्नुपर्ने सुझावहरु उप समिति सदस्यज्यूहरुले दिनु भएको थियो । भने उठेका समस्या समाधानको लागि संघले पहल गर्ने बताउदै उपस्तिथ सबैलाइ संयोजनक गोपाल भण्डारीज्यूले धन्यवाद सहित बैठकको समापन गर्नुभएको थियो । दुबै उप समितिको बैठक तथा छलफलको सहजिकरण महासचिव बिजय पाण्डेज्यूले गर्नु हुदै संघको संगठनात्मक व्यवस्था र उपसमिति सदस्यज्यूहरुको भुमिका वारे जानकारी दिनु भएको थियो ।