• Home »
  • Home »
  • रोलिङ्ग मिल्स उद्योगको समस्या समाधान सम्बन्धमा छलफल

रोलिङ्ग मिल्स उद्योगको समस्या समाधान सम्बन्धमा छलफल

२०७८ असोज ८ गते संघको सचिवालयमा संघका सदस्य औद्योगिक प्रतिष्ठान रोलिङ्ग मिल्स सम्बद्ध उद्योगहरुमा नेपाल सरकारबाट जारी प्रतिस्थापन बिधेयकमा उल्लेख भएका भन्सार तथा अन्तः शुल्क सम्बन्धि प्रावधानले उद्योगहरु समस्यामा परेको तथा सो व्यवस्था अनुसार उद्योगहरुको उत्पादन लागत बढ्न जाने र उद्योगहरु बन्द समेत हुन सक्ने देखिएकोले सो बिषयमा समाधानको लागि आवश्यक पहल गरिनुपर्ने व्यहोराको ज्ञापनपत्र उद्योगीहरुको तर्फबाट सघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेज्यू समक्ष बुझाइएको थियो । ज्ञापन पत्र पश्चातको छलफलमा सम्बन्धित उद्योगीहरुले सरकारले ल्याएको विधेयक विभदकारी भएकोले सच्याउनु पर्ने माग गरेका थिए । छलफल पश्चात अध्यक्षज्यूले यस बिषयमा उद्योगीहरुले भोग्नुपरेको समस्या समाधानको लागि सम्बन्धित मन्त्रालयहरुमा पहल गर्ने विचार व्यक्त गर्नु भयो । अध्यक्ष भीष्प्रसाद न्यौपानेज्यूको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा संघबाट समस्या समाधानको लागि लाग्ने बिषयमा बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठज्यू, कर्पोरेट उपाध्यक्ष अरुणकुमार गोयनकाज्यू तथा महासचिव विजय पाण्डेज्यूले आफ्ना धारणाहरु राख्नु भएको थियो । ।उक्त छलफल कार्यक्रममा संघका उद्योग उपाध्यक्ष दीलिपकुमार कान्दुज्यू ,वाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्यज्यू तथा सम्बन्धीत उद्योगीहरु तथा कार्यकारी सचिव र उपचिवको समेत उपस्थिति रहेको थियो ।