• Home »
  • Home »
  • लुम्बिनी पर्यटकिय विकास बारे छलफल

लुम्बिनी पर्यटकिय विकास बारे छलफल

मिति २०७८ कार्तिक १ गते स्पेनमा मुख्य कार्यालय रहेको लुम्बिनी गार्डेन फाउन्डेसनका टोली संघमा पाल्नुहुँदा  सचिवालयमा संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेज्यूको अध्यक्षतामा  स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरियो । उपस्तिथ सवैलाई स्वागत गर्दै विदेशमा रहेर पनि मातृभूमी तथा लुम्बिनीको विकासमा   लुम्बिनी गार्डेन फाउन्डेशनले खेलेको भूमीका उदारणीय रहेको  विचार व्यक्त गर्नु भएको थियो । लुम्बिनी गार्डेन फाउनडेशनमा अध्यक्ष जोसे म्यनुयलज्यूले फाउन्डेशनले शान्तिभूमी लुम्बिनीको पर्यटन, कृषि, शिक्षा  र स्वास्थ्य क्षेत्रको विकासमा लागि कार्य गर्ने बताउनु भएको थियो । साथै उँहाले म्यानामारबाट करिव बहुमुल्य पत्थर द्धारा निर्मित र बुद्ध भिक्षुहरुले आर्शिवाद दिएको कारिब २ मीटर अग्लो बुद्ध मुर्ति गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थलमा राखिने र सो बुद्ध मुर्तिको अनावरण सम्माननीय राष्ट्रपतिज्यूबाट गरिने बताउनु भएको थियो । सोको तयारीको लागि संघको भुमिका महत्वपुर्ण रहने बताउनु भएको थियो । उक्त छलफल कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख हरिप्रसाद अधिकारीज्यू, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीज्यूले बुद्ध मुति स्थापना र  अनावरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । संघका महासचिव विजय पाण्डेज्यूको संचालनमा सम्पन्न उक्र कार्यक्रममा संघका निर्वतमान अध्यक्ष, बरिष्ठ उपाध्यक्षज्यूहरु लागायत लुम्बिनी फाउन्डेशनका  उपाध्यक्ष गोविन्द  सुवेदी, महासचिव एकराज गिरीज्यूहरुले आ–आफ्नो धारणाहरु राख्नु भएको थियो । धन्यवादको क्रममा संघका अध्यक्षज्यूले फाउन्डेशनको पहलमा सिद्धार्थ उद्योग वाणिज्य संघ र स्पेनको कासुरेस चेम्बर अफ कमर्श विच ह भगिनी सम्बन्ध विस्तारको लागि  सम्झौताका लागि संघ तयार रहेको बताउनु हुँदै सो को लागि फाउन्डेशन टोलीलाई धन्यवाद दिनु भएको थियो । उक्त छलफल कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, लुम्बिनी होटल संघका पदाधिकारीहरुको  सहभागिता रहेको थियो ।