• Home »
  • Home »
  • बहुमूल्य बुद्धमूर्ति नगरपरिक्रमा पछि गौतमबुद्ध विमानस्थलमा

बहुमूल्य बुद्धमूर्ति नगरपरिक्रमा पछि गौतमबुद्ध विमानस्थलमा

भैरहवा ६ कात्तिक। सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवा, लुम्बिनी होटल संघ नेपालको संयोजन तथा लुम्बिनी सास्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेसनको समन्वयमा पवित्र करुण बुद्ध मुर्तिलाई सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका  परिक्रमा  गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने भएको छ ।  बहुमूल्य धातु ‘ह्वाइट जेड स्टोन’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट नेपाल ल्याईएको हो। भैरहवा भन्सार कार्यालय बेलहिया हुदै नेपाल ल्याईएको बुद्ध मुर्तिलाइ आँखा अस्पताल, देवकोटा चोक, बैंकरोड, नारायणपथ र बुद्धचोक सम्म प नगर परिक्रमा गरी लुम्बिनी सम्म लगिएको थियो ।  करिब दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातु बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने छ । बुद्धमूर्ति कात्तिक १४ गते सम्माननीइ राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्नुहुने कार्यक्रम रहेको छ ।  बुद्धमुर्ति नगरपरिक्रमा गराउने क्रममा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष भीष्मप्रसादल न्यौपने,संबिधान सभा सदस्य ईश्तियाक अहमद खाँन, पुर्व प्रदेश मन्त्री सन्तोषकुमार पाण्डेय, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले, लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत भुपेन्द्र पाण्डेय लगाएतले बिमानस्थलमा राखिने बुद्ध मुर्तिले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा आएपछि पर्यटकले शान्तिको अनुभुति गर्ने बताउनु भएको थियो । संघले  समन्वय गरेको नगरपरिक्रमा कार्यक्रममा नगरका विभिन्न धार्मिक तथा समाजिक संघ संस्थाहरुको सहभागिता रहेको थियो ।