• Home »
  • Home »
  • नेपाल राष्ट्र बैंकमा समस्या समाधानको लागि ज्ञापन पत्र

नेपाल राष्ट्र बैंकमा समस्या समाधानको लागि ज्ञापन पत्र

मिति २०७८ पौष १६ सिद्धाथ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेज्यूको नेतृत्वमा नेपाल राष्ट्र बैंकबाट गते जारी  परिपत्र अनुसार अनिवार्य रूपमा शत प्रतिशत  मार्जिन रकम बैंकमा दखिला गरी  प्रतितपत्र (LC)  मार्फत मात्र मालवस्तु आयात गर्न पाउने व्यवस्थामा देखिएको प्राविधिक र कार्यान्वयनको समयका कारण व्यावसायीहरुलाई पर्न गएको समस्यामा संघको ध्यानाकर्षण भएको भनि नेपाल राष्ट्र बैंकका भैरहवाका निर्देशक समक्ष ज्ञापान पत्र बुझएको थियो । ज्ञापन पत्र बुझाउँदै राष्ट्र बैंक द्धारा जारी गरिएको परिपत्र सकारात्मक भएपनि व्यवहारीक रूपमा भारतबाट उधारोमा  व्यावसायीहरुले राष्ट्र बैंकको परिपत्र जारी भएको थाहा नपाई लोड गरी ल्याएका ढुवानीका साधनहरु भन्सारमा रोकिदा  व्यावसायीहरुले प्रतिदिन अनावश्यक डिटेन्सन शुल्क तथा अन्य हर्जाना तिर्नु परेकोले  समस्या भएकोले  छ लोड भई आईसकेका भन्सारमा रोकिएका  ढुवानीका साधनहरु नियम अनुसार भन्सार गरी माल सामान ल्याउनका लागि सहजिकरण गरिदिनुहुन  संघबाट अनुरोध गरिएको थियो भने राष्ट्रबैंक निर्देशकबाट समस्यालाई केन्द्रिय कार्यालय मार्फत समाधानको लागि आफुले पहल गर्ने बताउनु भएको थियो । उक्त डेलिगेशन टोलीमा संघका पदाधिकारी, सल्लाहकार तथा कार्य समिति सदस्यज्यूहरुको सहभागिता रहेको थियो ।