• Home »
  • Home »
  • औषधी व्यवसायीहरु संग छलफल

औषधी व्यवसायीहरु संग छलफल

औषधी व्यवसायीहरु संग  छलफल

मिति २०७८ पौष १८ गते संघ अन्तर्गतको स्वास्थ्य, वातावरण तथा सरसफाइ  उप समितिको संयोजनमा औषधी व्यवसायीहरु संग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरियो । उक्त समितिका संयोजक गोपाल भण्डारीज्यूको अध्यक्षतामा तथा संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।  छलफल कार्यक्रममा औषधी व्यवसायीका विभिन्न बिषयहरु  औषधी जन्य फोहर व्यवस्थापन पेशा मर्यादित  ,स्वास्थ्य विमा  ,व्यावसायीलाई लेखा सम्बन्धी तालिम , सरकारको अनुगमन, अस्पताल जन्य फोहर व्यवस्थापन बारेमा छलफल भएको थियो  नगरपालिका संग समन्वय गरी अगाडी बढ्नुपर्ने सुझावहरु प्राप्त भएको थियो ।  उठेका समस्या समाधानको लागि संघले पहल गर्ने बताउदै उपस्तिथ सबैलाइ  संयोजक गोपाल भण्डारीज्यूले  धन्यवाद  ज्ञापन गर्नुभएको थियो । उप समितिको बैठक तथा छलफलको सहजिकरण महासचिव बिजय पाण्डेज्यूले गर्नु भएको थियो ।