प्रेस विज्ञप्ती

नेपाल सरकारले दोस्रो संविधान सभाबाट संविधान जारी गर्ने प्रकृयाको थालनी भएको अवस्थामा थरुहट र मधेशी मोर्चा द्धारा गरिएको बन्द तथा आम हड्तालले देशमा तराईका विभिन्न जिल्लामा घटेका घटनाहरु एवं लामो समय देखि उद्योग, व्यवसाय, यातायात पूर्ण रुपमा बन्द भएको र प्रदर्शन क्रममा गरिएका जुलुस अनियन्त्रित भई घटेका हिंसात्मक मुडभेडका घटनाले सदियौ देखि कायम रहेको भाईचाराको सम्बन्ध र सद्भाव माथी खलल पुर्याएको अवस्थामा यस संघको गभ्भिर ध्यानाकर्षण भएको छ ।

यस प्रकारको लामो  बन्द तथा आम हड्तालले सम्पुर्ण उद्योग ब्यवसायी, यातायात ब्यवसायी, बिद्यालय, कलेज, मजदुर, बिद्यार्थी, पेशागत संघ संगठन, आम जनता, उपचारको लागि  हिड्नुपर्ने, दैनिकरुपमा काम गरेर साँझ विहानको छाक टार्ने जनता सबैलाई यसको नकारात्मक असर पारेको सर्वविधितै छ ।

सोही क्रममा यही २०७२ भाद्र १४ गते छुट्टै मगरात राज्यको माग गर्दै जनजातीहरु द्धारा आव्हानमा गरिएको बन्दले थप जटिल परिस्थिती सृजना भएको छ । अतः देशको आर्थिक स्थिति गम्भिर रहेको अवस्थामा, बन्द हडताल, चक्काजाम जस्ता कार्यहरु आयोजना नगरी विरोधका वैकल्पिक माध्यमहरु अवलम्वन गर्दै  सम्पूर्ण राजनितीक दलहरुले सहकार्य गरी आम जनताको चाहना अनुसार छिटो भन्दा छिटो संविधान जारी गरी देशलाई आर्थिक सम्बृद्धिको बाटोमा लैजान राजनितीक दल, भातृ संगठन, ट्रेड युनियन, जातिय समुह आदिमा हार्दिक अनुरोध छ । साथै हामी कहाँ सदियौ देखि  रही आएको भाईचारा एंव सामाजिक सद्भाव कायम गर्दै उद्योग व्यवसाय सुचारु रुपमा संचालन गर्न पाउने उद्योगी व्यवसायीहरुको नैसंर्गिक अधिकारलाई आत्मसात गर्दै बन्द फिर्ता गरी सहज वातावरण सृजना गरीदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछौ ।

राम कुमार शर्मा
अध्यक्ष