प्रेश विज्ञप्ती

प्रेश विज्ञप्ती
२०७३ मङ्सिर २१ गते साँझ आफ्नो व्यवसायीक प्रतिष्ठानमा बसेको समयमा रुपन्देही जिल्लाको निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ,रुपन्देहीका उद्योग उपाध्यक्ष श्री कुलप्रसाद न्याौपाने माथि ज्यान मार्ने उद्देश्यले गोली प्रहार भएको घटना प्रति सिद्धार्थ उद्योग वाणिज्य संघ,रुपन्देही घोर भत्र्सना गर्दछ । भैरहवाको गल्ला व्यवसायको मुख्य क्षेत्र गल्लामण्डी र उद्योगपुरीको मुख्य बजार क्षेत्रमा संङ– साँझै उद्योगी माथि भएको यस प्रकारको जघन्य अपराधले हामी उद्योगी व्यवसायीलाई मात्र नभई सम्पूर्ण नगरवासीमा भय र त्रासको सृजना भएको छ । यो घटना एक उद्योगी माथि लक्षित गरिएको भएता पनि सम्पूर्ण उद्योगी, व्यवसायी एवं आमनागरीक माथी भएको घटना हो भन्ने हामीले महसुस गरेका छौं । जुन सुकै उद्देश्य राखेर उद्योगी व्यवसायी माथि भएको यस प्रकारको अपराधिक घटनामा संलग्न अपराधीहरुलाई कानूनी दायरामा ल्याई समातिएको अपराधीलाई उन्मुक्ति विनाको कानुनी कारवाही गरी संविधान प्रद्धत मानवअधिकार एवं स्वतन्त्रता पूर्वक उद्योग व्यवसाय गर्ने अधिकारको प्रत्याभूती सहित घटनावारे बारे सिघ्र सत्य तथ्य पत्तालगाई यस जघन्य अपराधको रहस्य तत्काल उजागर गर्दैे घटना भबिष्यमा पुनः नदोहोरीन दिन प्रशासन एवं शुरक्षा निकायलाई सुरक्षा प्रति थप संवेदनशिलता अपनाउन र सचेत हुन समेत अनुरोध गर्दछौं । यदी कुनै प्रकारको दवावबाट अनुसन्धानलाई कमाजोर बनाउने र अपराधीलाई उन्मुक्तिको प्रयास भएमा संघ त्यसको विरुद्धमा शसक्त आन्दोलन गर्ने जानकारी समेत गराउन चाहन्छौं ।

रामकुमार शर्मा
अध्यक्ष
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही
२०७३।८।२२