Membership

आर्थिक विकास हामी सबैको लक्ष्य ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सदस्य किन बन्ने र ?

किनभने संघको सदस्य हुनुभयो भने तपाईले निम्नानुसारका सेवा तथा सुविधाहरु उपभोग गर्न पाउनु हुनेछ ।

तपाईको व्यवसायमा परेको व्यक्तिगत व्यवसायिक समस्या समाधान गर्ने संघ एउटा ठूलो शक्ति हो जसलाई तपाईले उपयोग गर्न सक्नुहुनेछ । संघको सदस्य हुनुभएमा तपाईले आफ्नो व्यवसायको संरक्षकको रुपमा संघलाई पाउनुहुनेछ । संघले प्रदान गर्ने विभिन्न सेवामूलक कार्यहरुमा तपाईले सहुलियत पाउनुहुनेछ
संघ मार्फत विभिन्न सामाजिक कार्यमा प्रत्यक्ष रुपमा समाहित हुने अवसर पाउनुहुनेछ ।।।

आउनुहोस सम्पुर्ण उद्योग व्यवसायी एवं सदस्यज्यूहरु सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको छाता भित्र एक्यवद्ध होऔं ।

 सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही वि.स. २०११ सालमा स्थापित नेपालकै अग्रणी निजी क्षेत्रको प्रतिनिधीमुलक संघ हो ।

 सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही नेपालका निजि क्षेत्रको संघिय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य रहेको “क” श्रेणीको जिल्ला स्तरीय संघ हो ।

 संघ वि.स. २०६५ साल देखि नेपाल सरकार गुणस्तर विभाग बाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय गुणस्तर प्रणाली क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ण्ड प्राप्त गरिसकेको नेपालको पहिलो उद्योग वाणिज्य संघ हो ।

 राजश्व, कर, भन्सार, व्यवसायिक क्षेत्रको विकास र विस्तारमा देखिने समस्या समाधानको लागि पहल गर्ने एक सक्षम संस्था हो ।

 संघको प्रदान गर्ने विभिन्न सेवाहरु जस्तै ः सरकारी, गैर सरकारी कार्यालयहरुमा विविद सिफारिस, राष्ट्रिय, अन्तराष्ट्रिय मेला महोत्सवमा सहभागीताको लागि, अध्ययन, अवलोकन भ्रमण आदी कार्यहरुमा सहुलियत पाउनु हुन्छ ।

 आफ्नो व्यवासय प्रवद्र्धन गर्न एवं विदेश भ्रमणमा प्रवेश आज्ञा प्राप्त गर्नमा संघको सिफारिसले पाउने प्राथमिकताको सहुलियत पाउनु हुनेछ ।

 तपाईलाई आफ्नो उद्योग प्रतिष्ठानले क्षमता विस्तार, व्यवस्थापनमा सुधार आदि सम्बन्धी सेवा सुविधा चाहिएमा विज्ञ सेवा भ्हउयचत क्भचखष्अभक संघ मार्फत पाउनु हुन्छ ।

 संघबाट दिईने विभिन्न किसिमका व्यवसयीक विकासका तालिमहरुमा सहभागी हुन पाउनु हुन्छ ।

 राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ तथा संघलाई विभिन्न समस्या प्राप्त हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम, सभा सम्मेलनहरुमा सहभागी हुन पाउनु हुन्छ ।

 तपाईको फर्मको सदस्यता नविकरण सेवा घर दैलौमा नै पाउनु हुने छ ।

 स्थानिय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो व्यवसाय संग सम्बन्धीत उद्योगी एवं व्यवसायिहरुसंग व्यक्तिगत वा व्यवसायिक सम्बन्ध विस्तार गरी उद्योग व्यवसायमा अतिरिक्त लाभको अवसर प्राप्त गर्नको लागि सहज हुनेछ ।

 संघबाट भएका यस क्षेत्रका सामाजिक आर्थिक विकासमा यँहाको पनि प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता हुने छ ।

 संघले बेला बेलामा प्रकाशित गर्ने बुलेटिनहरु, मेम्बर डाइरेक्टीहरुबाट जानकारी लिन पाउनुका साथै त्यसै मार्फत आफ्नो व्यवसायको जानकारी अरुलाई प्रवाह गर्न पाउनु हुन्छ ।

 संघका सदस्यहरु बीच वा अन्य कसैसंग व्यवसायिक असमजदारीको अवस्था सृजना हुन गएमा संघबाट मध्यस्थता एवं मेलमिलाप गराउन पाउनु हुन्छ ।

 सरकारी नीति निमार्णमा संघले सरकारलाई दिने सरकारलाई दिने सरसल्लाह तथा सुझावमा यहाँ स्वयम् सहभागी भई संस्थालाई सल्लाह प्रदान गर्न पाउनु हुन्छ ।

त्यसैले संघको सदस्य बनौं आज तपाईलाई समस्या नपरेको हुन सक्छ, कतिखेर पर्ने हो थाहा छैन, त्यसैले आजै देखी संघको सदस्य बनिहालौं बनेकाहरुले समयमै नविकरण गरी राखौं ।

सदस्यता लिन के गर्नुपर्दछ त ?

सदस्यता लिनको लागि संघबाट प्रदान गरिएको सदस्यता आवेदन फारम भर्नु पर्दछ, जसमा निम्नानुसारका कागजातहरु संलग्न हुनुपर्दछ ।

  •  नेपाल सरकारको उद्योग मन्त्रालय वा कम्पनी रजिष्ट्रारको कार्यालय वा जिल्ला घरेलु तथा साना उद्योग कार्यालय वा वाणिज्य विभागमा दर्ता भएको उद्योग\फर्म\कम्पनी वा नगरपालिका÷गाउपालिकाको प्रमाणपत्रको प्रतिलिपि १ प्रति ।
  •  आन्तरिक राजस्व कार्यालयमा पान वा भ्याटमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि १ प्रति ।
  •  नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति ।
  •  साझेदारी व्यवसायको हकमा साझेदारको आधिकारिक पत्र ।
  •  हालसालै खिचिएको अटो वा पासपोर्ट साईजको फोटो ४ प्रति ।
  •  प्रालि भए प्रबन्धपत्र, नियमावली र संचालकहरुको निर्णय प्रतिलिपि

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही जिल्लामा उद्योग र ब्यबसाय क्षेत्रमा संलग्न ब्यबसायिक उदेश्य भएका नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता पनि रहेका फर्महरुले यस संघको सदस्यता लिन सक्छन् ।

सदस्यताको वर्गीकरणस्

क. साधारण सदस्य (उद्योग र वाणिज्य)

रुपन्देही जिल्लामा उद्योग व्यवसाय सम्बन्धी काम गरी वसेका दर्तावाला रजिष्ट्रर्ड जुनसुकै फर्म, कम्पनी, उद्योग र कारोवार गरिरहेका जिल्लाका व्यवसायीहरुले संघको साधारण सदस्यता प्राप्त गर्न सक्नेछ ।

ख. कर्पोरेट  सदस्य
कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका रु. १ करोड उद्योगको हकमा र रु. ५० लाख बाणिज्यको हकमा वा सो भन्दा भन्दा वढी चुक्ता पूजी भएका राष्ट्रिय, बहुराष्ट्रिय उद्योग, कम्पनी, संस्थान, वैक यस संघको एशोसियट सदस्य हुन सक्नेछन् ।

ग.बस्तुगत सदस्य

विभिन्न व्यवसायिक प्रकृतिका अलग, अलग रुपमा संगठित, संघको रुपमा दर्ता भै मान्यता प्राप्त भएका व्यवसायीक संघ संस्था